arrow

विपक्षीको बैठक सकियो : अब फेरी आन्तरिक छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
duba-home.jpg

काठमाडौँ। वैकल्पिक सरकार गठन र राष्ट्रपतिको कदमका विषयमा छलफल गर्न बसेको विपक्षी दलको बैठक सकिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस, माओवादी केन्द्र, जसपा र नेकपाकै असन्तुष्ट पक्षका विपक्षीदल हरुको संयुक्त बैठकले वर्तमान सरकारको विकल्प दिने निर्णय गरेको हो।

बैठकपछि सबै दलका नेताहरू आन्तरिक छलफलका लागि भन्दै बुढानीलकण्ठबाट बाहिरिएको काँग्रेस सह महामन्त्री डा. प्रकाश सरण महतले जानकारी दिएका छन्।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव नेपाल सहभागी थिए।

बैठकपछि माओवादी अध्यक्ष दाहाल पेरिसडाँडा गएका छन् भने एमाले नेता नेपाल सिंहदरबारमा आफ्ना सांसदहरूसँगको छलफलका लागि निस्किएका छन्। काँग्रेस नेताहरू पनि आन्तरिक छलफलमा छन्।



नयाँ