arrow

कांग्रेस नेता शङ्कर भण्डारीद्वारा एक लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
shankar-bhandari1.jpg

दमौली ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामग्री खरिदका लागि रु एक लाख एक हजार एक सय ११ सहयोग गरेका छन् । 

कोरोना सङ्क्रमण न्यूनीकरण र रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्न उनले उक्त रकम  जिल्ला पार्टी कार्यालयलाई सहयोग गरेका हुन् । 

पूर्वमन्त्री भण्डारीका तर्फबाट  कांग्रेस व्यास नगर समितिका सहसचिव डम्बर अधिकारीले जिल्ला सचिव विश्व बास्तोला र सह–सचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेका थिए ।

 रकम ग्रहण गर्दै नेका जिल्ला सचिव  बास्तोलाले सहयोगका लागि पूर्वमन्त्री भण्डारीप्रति आभार व्यक्त गरे । यसैबीच कांग्रेसले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि पार्टीका नेता तथा कार्यकर्तासँग सहयोगको आह्वान गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ