arrow

मनाङे फेरी बने मन्त्री, लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
manage-saphat.jpg

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले आइतवार मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। 

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ  गराएकी थिइन्  । 

प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

मनाङे यही जेठ ५ गते  गराइएको शपथ ग्रहण समारोहमा काठमाडौँमा भएका कारण उपस्थित भएका थिएनन् । 

नेकपा (एमाले)का समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित मनाङे यसअघि प्रदेश सरकारमा केही दिन युवा तथा खेलकूदमन्त्री भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ