arrow

गण्डकीमा थप १७ जनाको मृत्यु, ९ सय ४६ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप १७ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार कोरोना संक्रमणबाट कास्कीमा चार जनासहित गण्डकी प्रदेशमा १७ जनाको मृत्यु भएको हो । 

जसमध्ये कास्कीका चार जना, स्याङ्जाका चार जना, म्याग्दीका तीन जना, पर्वतका एक जना, गोरखाका दुई जना, लमजुङका एक जना, तनहूँका एक जना र नवलपरासी पूर्वका एक जना छन् ।योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको कूल सङ्ख्या ५३१ जना पुगेको छ । 

यस्तै, गण्डकी प्रदेशमा ९४६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४४३ जना महिला र ५०३ जना पुरुष छन् । आज भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीका २९५ जना छन् । 

यस्तै, मुस्ताङमा दुई, म्याग्दीमा १८१, पर्वतमा १८, गोरखामा १७१, लमजुङमा आठ, तनहुँमा ६१, बागलुङमा ९५, स्याङ्जामा ९० र नवलपरासी पूर्वमा २५ जना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकीमा कूल सङ्क्रमितको सङ्ख्या ४३ हजार ५८२ जना पुगेको छ । जसमा २३ हजार ७६७ जना निको भएर १० हजार २८२ जना सक्रिय संक्रमित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ