- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
इलाम । नेपाली कांग्रेसका नेता भेषराज आचार्यले इलाम अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन ।
जिल्लाकै एकमात्र ५० शैयाको अस्पताललाई अक्सिजन भरिएको सिलिण्डर अस्पातलका प्रमुख प्रभु शाह र व्यवस्थापक क्षितिज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
‘कोरोना भाइरस नियन्त्रणमा सरकारले बेलैमा सवाधानी अपनाउन नसक्दा समूदायस्तरमा संक्रमण बढीरहेको छ । इलाम अस्पतालमा भएका उपकरण पनि थन्किएका छन्, अक्सिजन अभाव पनि देखिन सक्ने भएकाले सानो सहयोग जुटाएको हुँ’ नेता आचार्यले भने ।
उनले भने, ‘यो सानो सहयोग अहिलेको अवस्थामा अस्पतालका लागि ठुलो हुनेछ, जिल्लाबासीका लागि अन्य जस्तोसुकै परिस्थितीमा समेत गर्न तयार छु ।’ इलाम अस्पतालमा मात्र होइन जिल्लाका अन्य स्वास्थ्य केन्द्रलाई पनि स्वास्थ्य सामाग्री र उपकरण आवश्यक देखिएको छ सबै मिलेर सहयोग गर्न पनि उनले आब्हान गरे । अनुसन्धान तथा बिकास नेपाल सस्था मार्फत खरिद गरेर ल्याइएको सिलिन्डर तीन लाख मूल्य बराबरको छ ।