arrow

गण्डकीमा थप २० जनाको मृत्यु, ७ सय ४४ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना सङ्क्रमणबाट गण्डकी प्रदेशमा थप २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै स्याङ्जामा ६ जना छन् । 

यस्तै, मुस्ताङमा एक जना, पर्वतमा चार जना, तनहुँमा दुई जना, कास्कीमा तीन जना र बागलुङमा चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

योसहित गण्डकीमा मृत्यु हुनेको सङ्ख्या ५५१ जना पुगेको छ । 

यस्तै गण्डकीमा आज ७४४ जना सङ्क्रमित थपिएका छन् । जसमा ३३० जना महिला र ४१४ जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

आज भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै कास्कीका २६३ जना छन् । यस्तै, मुस्ताङमा दुई जना, मनाङमा दुई जना, म्याग्दीमा ३८ जना, पर्वतमा ५९ जना, गोरखामा ११ जना सङ्क्रमित थपिएका छन् । 

यसै गरी लमजुङमा २३, तनहुँमा १०४, बागलुङमा २१, स्याङ्जामा ८८ र नवलपरासी पूर्वमा १३३ जना सङ्क्रमित आज भेटिएका हुन् ।

योसहित गण्डकी प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ३५ हजार ३२६ जना पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसै गरी गण्डकीमा आज ६५३ जनासहित हालसम्म २४ हजार ४२० जना सङ्क्रमित निको भएका छन् । 

गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ३५५ जना छन् । जसमध्ये ९६ सय सात जना होम आइसोलेसनमा रहेको डा. शर्माले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ