arrow

बेथिति

नागरिक आवाजलाई बेवास्ता गर्दै  गौरादह नगरले  गाड्यो तीन हजार किलो चामल

बाँडिएको थियो गरिब नागरिकलाई दुई हजार किलो कुहिएको चामल

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ जेठ ११ मंगलबार
chamal-gadiyo.jpg

गौरादह । झापाको गौरादह नगरपालिकाले करिब तीन हजार किलोग्राम चामल नगरपरिसरमा खाल्डो खनी गाडेको छ । गत वर्ष कोरोना विपत्तिको समयमा दैनिक ज्याला मजदूरी गरी जीवन गुजारा गर्ने गरिब विपन्न तथा निमुखा वर्गलाई राहत स्वरुप वितरण गर्न भनी नगरको  विपद ब्यवस्थापन कोषको मोटो बजेट रकम खर्च गरी खरिद गरेर वितरण गरि  मौज्दात रहेको चामल, दाल र भुजा  लगायतका अत्यावश्यक खाद्यान्ह सामग्रीहरु अव्यवस्थित तबरबाट वडा न १ स्थित  सहकारीको गोदाममा  करिब १ बर्षसम्म  भण्डारण गरी राखिएकोले करिब ५ हजार किलो चामल सहितका  खाद्यान्ह बिग्रिएर प्रयोग गर्न अयोग्य हुन पुगेको थियो ।

बिग्रिएर अखाद्य बनेको उक्त चामल  दाल र भुजामध्ये करिब २ हजार केजी चामल केही हप्ताअघि कोरोनाको दोस्रो लहरमा राहत स्वरुप स्थानीय  गरिब तथा विपन्न वर्गलाई वितरण गरेको थियो ।

अखाद्य बनिसकेको खाद्यान्ह गरिब तथा निमुखा वर्गलाई वितरण गरेपछि नगरको उक्त गलत कार्यप्रति नागरिक स्तरबाट व्यापक विरोध भएको थियो ।

गरिब तथा निमुखा वर्गको जनस्वास्थ्यमाथि नगरपालिकाले  खेलबाड गरेको भनी नागरिक स्तरबाट विवादित बनेको गौरादह नगरपालिकाले सोमबार सोमबार बाँकी  रहेको ३ हजार केजी चामल , दाल तथा भुजा लगायतका खाद्यान्न नगरपरिसरमा ल्याएर खाल्डो खनी गाडेको छ ।

बिग्रिएर मानवका लागि अखाद्य बनेको  उक्त खाद्यान्ह कुनै गौशालामा लगेर पशु तथा  चौपायालाई  खुवाउन नागरिक स्तरबाट सुझाब आउँदा आउँदै सुझाबको बेवास्ता गर्दै नगरपालिकाले नगरपरिसरमा खाल्डो खनी उक्त परिणामको खाद्यान्ह गाडेको हो ।

खाद्यान्ह गाडेको जानकारी पाएपछि नागरिक तथा युवाहरु खाद्यान्ह गाडेको स्थल नगरपरिसरमा उपस्थित भइ विरोध जनाउँदै नगरपालिकाको लज्जाजनक कार्यप्रति खेद प्रकट गरेका छ्न् ।

विभिन्न सन्दर्भमा पटक पटक विवादित बन्दै आएको गौरादह नगरपालिका यसपटक  चामल काण्डको नामले थप विवादित बन्दै आएको छ ।
 
खाद्यान्ह कुहाएर गाडिएको विषय निन्दनीय रहेको भन्दै गरिबलाई भोकभोकै राखेर यसरी चामल खाल्डो खनी गाडिएको देख्दा आफूलाई एकदमै नराम्रो महसुस भएको स्थानीय मिना आचार्यले बताइन् ।

यस विषय सम्बन्धी जिज्ञासा राख्दा नगर उपप्रमुख गीता भेटवालले उक्त बचत रहेको खाद्यान्हमध्ये ३ हजार केजी चामल खाल्डो खनी गाड्ने नगरको निर्णय भएको जानकारी दिएकी छ्नि ।

बिग्रिएको खाद्यान्ह पशु चौपायालाई दिन सुझाब दिँदैआएका स्थानीय समाजसेवी खेमराज तिम्सिनाले नगरको यो कार्य एकदमै निन्दनीय रहेको बताएका छ्न् ।

यस गम्भीर विषयलाई गौरादहका विभिन्न  संघ सस्थाका व्यक्ति तथा नागरिकले नजिकबाट नियालिरहेकोले भोलिको दिनमा उनीहरुले नगरपालिकाको यस  कदमविरुद्व के कस्तो  प्रतिवाद जनाउने छ्न् त्यो हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ