arrow

एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई आकर्षक थप सुविधाहरू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
ncell-axiate-company-logo.jpeg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाकासाथ आफ्नो नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ। ग्राहकले अब वेबसाइटबाटै सजिलै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्ज लगायतका सेवाहरू लिन सक्छन् । यो नयाँ वेबसाइटलाई वेबएपको रूपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाहरूको फाइदा लिन सकिन्छ।

ग्राहक सेवालाई अझै परिष्कृत गर्दै लाने उद्देश्य अनुरूप सञ्चालनमा ल्याइएको नयाँ वेबसाइट एनसेलको डिजिटल अभियान अन्तर्गतको एक कार्य हो । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधाहरू सहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ । 

नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहककालागि प्याकको खरिदमा १०० प्रतिशत सम्म थप भोल्युम सहितका आकर्षक अफरहरू पनि रहेको छन् । यस कोरोना महामारीका बीच ग्राहकले घरबाटै आफ्नो आवश्यकता अनुसारको सेवाहरू वेबसाइट मार्फत खरिद गर्न सक्छन् । 

विशेष अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबी देखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् । बोनस १ दिनको प्याक (रु १८), ७ दिनको प्याक (रु ९८), १४ दिनको प्याक (रु १३९) लागु रहेको छ भने ट्रिपल मजा अन्तर्गत ७ दिनको प्याक (रु १०९), १० दिनको प्याक (रु १४७) र ३० दिनको प्याक (रु ४५९) मा थप ०.५ जीबी देखि ०.७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसै गरी ग्राहकले केही प्याकहरूमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउँछन् । 

कोरोना महामारीले गर्दा घर–घरमै बस्न पर्ने अहिलेको परिस्थितिमा आफ्ना परिवार, साथीभाइ, आफन्त र प्रियजनहरूसँग सम्पर्कमा रहिरहन सञ्चार सेवामाथिको पहुँच निकै नै आवश्यक हुने भएकाले नयाँ वेबसाइटका सुविधा र अफरहरूले ठुलो महत्त्व राख्ने विश्वास एनसेलले लिएको छ । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै चाँडै नयाँ वेबसाइटको नेपाली संस्करण पनि सार्वजनिक गरिनेछ ।

ग्राहकले हाल सञ्चालनमा रहेको अनलाइनको खुसी अभियान अन्तर्गत पनि नयाँ वेबसाइटबाट सेवा खरिद गर्दा पाइने विभिन्न विशेष अफरबाट फाइदा लिन सक्छन् । यी अफरहरू हालको कठिन समयमा ग्राहकलाई घरमा नै बसी कार्यालयको काम गर्न,  अनलाइन कक्षा गर्न लगायतका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ ल्याइएका हुन्।



नयाँ