arrow

गण्डकीमा संक्रमित र मृत्यु हुनेको घट्यो सङ्ख्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै घटेको छ । मङ्गलवार सम्ममा १९, २० को सङ्ख्यामा मृत्यु हुने गरेकोमा बुधवार आइपुग्दा सात मृत्यु हुनेको सङ्ख्या सात जना रहेको छ । 

बुधवार मृत्यु हुनेमध्ये कास्कीका चार जना, स्याङ्जाका दुई जना र लमजुङका एक जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ५७७ जना पुगेको छ ।

यस्तै कोरोना संक्रमित दर पनि घटेको छ । मङ्गलवार १५ सय भन्दा बढी संक्रमित पुष्टि भएकोमा बुधवार घटेर एक हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार पुष्टि भएका संक्रमितमा ४८० जना महिला र ५९९ जना पुरुष छन् । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको मूल सङ्ख्या ३० हजार ९५४ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ