arrow

गण्डकीमा १७ सय ३३ संक्रमित थपिए, बिहीबार मात्रै १७ जनाको मृत्यु

logo
हरि पन्त,
प्रकाशित २०७८ जेठ १३ बिहिबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशमा बिहीबार मात्रै १७ सय ३३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । जसमा ७७३ जना महिला र ९६० जना पुरुष छन् । बिहीबार भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका ४४५ र बागलुङका ४१६ जना रहेका छन् ।

यस्तै, म्याग्दीमा ९३ जना, पर्वतमा ११९ जना, गोरखामा २१९, लमजुङमा ६५, तनहुँमा १७० जना संक्रमित भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । 

यसै गरी स्याङ्जामा ९५ जना र नवलपरासी पूर्वमा १११ जना संक्रमित बिहीबार नै भेटिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । 

योसँगै गण्डकी प्रदेशमा कूल संक्रमितको सङ्ख्या ३९ हजार ६८७ जना पुगेको छ । यीमध्ये २७ हजार ८२६ जना संक्रमित निको भएका छन् भने ११ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये १० हजार ५७४ जना होम आइसोलेसनमा छन् । गण्डकीमा पछिल्लो २४ घण्टामा ११ सय ८८ जना संक्रमित निको भएको बताइन्छ ।

बिहीबार मात्रै १७ जनाको मृत्यु
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीमा ६ जना रहेका छन् । 

यस्तै, म्याग्दीमा एक जना, पर्वतमा दुई जना, तनहुँमा एक जना, स्याङ्जामा चार जना र नवलपरासी पूर्वमा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको डा. शर्माले जानकारी दिए ।  योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ५९४ जना पुगेको छ । 

कास्कीमा तीन हजार बढी सक्रिय संक्रमित
गण्डकी प्रदेशको राजधानी भएको जिल्ला कास्कीमा तीन हजार ९५ जना सक्रिय संक्रमित रहेका छन् । 
कूल १७ हजार ९८३ जना संक्रमित भएको कास्कीमा १४ हजार ६१४ जना संक्रमित निको भएका छन् । कास्कीमा कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या २७४ जना रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ