arrow

गण्डकी : थप ३० जनाको मृत्यु, ८ सय ८ संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप ३० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै कास्कीका १२ जना छन् । 

यस्तै, मुस्ताङमा दुई जना, पर्वतमा दुई जना, गोरखामा तीन, तनहूँमा ६ जना र बाग्लुङमा एक, स्याङ्जामा तीन र नवलपरासी पूर्वमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ६२४ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ८०८ जना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । जसमध्ये सबैभन्दा धेरै कास्कीका २०९ जना रहेका छन् ।

यस्तै, मुस्ताङमा एक जना, मनाङमा एक जना, म्याग्दीमा १२ जना, पर्वतमा १३३ जना, गोरखामा ७७ जना संक्रमित थपिएका छन् । 

यसैगरी लमजुङमा चार, तनहूँमा ५५, बाग्लुङमा १३२, स्याङ्जामा ५१ र नवलपरासी पूर्वमा १३४ जना संक्रमित भेटिएको डा. शर्माले बताए । 

योसहित गण्डकीमा कूल संक्रमितको संख्या ४० हजार ४९५ जना पुगेको छ ।   गण्डकीमा पछिल्लो २४ घण्टामा ७७० जना संक्रमित निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ