- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि इङ्गलिश क्लब चेल्सीले जितेको छ । पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इङ्गलिश क्लब म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।
पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन् ।
पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको सिटी भने उपाधिबाट बन्चित भएको छ । प्रिमियर लिगको उपाधि जितेको सिटी चेल्सीसँग स्तब्ध भएको हो ।
चेल्सीले भने दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यसअघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो ।