arrow
ADVERTISEMENT

बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन सक्दैनन् : कांग्रेस

जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
samsadiya-dal-press.jpg

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने बताएको छ ।

सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनमत प्रभावित गर्ने सरकारी दुराशय अनुरुप बजेट वक्तव्य आएको जनाएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका नेता तथा ‘छाँया अर्थमन्त्री’ डा. मिनेन्द्र रिजालले वक्तब्य पढेर सुनाउँदै बजेटमार्फत सरकारले जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप लगाएका हुन् ।

डा. रिजालले सरकारले ठोस उपलब्धीबिना नै ऋण भार बढाएको बताउँदै मौजुदा सरकारले कार्यकाल सुरु गर्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ सय अर्ब पुगेको दाबी गरे ।

सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको र हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रुपमा प्रभाव नपार्ने पनि बताए । त्यस्तै कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्न कुनै योजना अघि नसारेको कांग्रेसले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ