arrow

काँग्रेस नेता बानियाँद्वारा हेटौँडाका १ सय ६० घरपरिवारलाई खाद्यान्न सामाग्री सहयोग

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ जेठ १९ बुधबार
indra-baniya-bagmati-congress.jpg

हेटौँडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं काँग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका १३ र १८ मा न्यून आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गरेका छन् ।

नेता बानियाँले बुधवार कोरोना महामारी र निषेधाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौँडा १३ ठूलोथली र गुम्बाचोकमा न्यून आय भएका ९३ घरपरिवार तथा हेटौँडा १८ सुकौराका ६७ घरपरिवारलाई खाद्य सामाग्री सहयोग गरेका हुन् । 

काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले न्यून आय भएका दुवै वडामा गरी १ सय ६० घरका प्रतिपरिवारलाई १ बोरा चामल, नुन, तेल, दाल, चनालगायतका खाद्य सामाग्रीहरू सहयोग गरेका हुन् ।

खाद्य सामाग्रीहरू हस्तान्तरण गर्दै नेता बानियाँले जनता कोरोना महामारीको विषम परिस्थितिसँग जुधिरहँदा पनि सरकार निरीह भई जनताप्रति उत्तरदायी नभएको बताए । नेता बानियाँले निषेधाज्ञामा सरकारले राज्यको सम्पूर्ण संयन्त्र लगाएर जनतालाई रोग र भोकबाट मुक्त गर्नुपर्नेमा सरकारमा नेतृत्व गरिरहेकाहरू कोरोना महामारीलाई बेवास्ता गर्दै राजनीतिक खिचातानीमा अल्झिरहेकाले सरकारलाई ध्यानाकर्षण गराउन काँग्रेसले मानवता देखाउँदै सन्देशमूलक उपस्थिति र दबाबसहित सहयोग गरेको बताए ।

नेता बानियाँले सरकारले जतिसक्दो चाँडो कोरोनालाई परास्त गर्न खोपको व्यवस्था गरेर वर्षाको समय आइसकेका कारण बाढी पहिरोबाट हुने क्षति आङ्कलन गरी न्यूनीकरण गर्नुका साथै उद्धार र राहतको लागि अग्रिम सतर्कता अपनाउन केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

कार्यक्रममा काँग्रेसका जिल्ला सदस्यहरू सुशान्त श्रेष्ठ, अर्जुन तिवारी, काँग्रेस हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला नेतृ लक्ष्मी थिङ, पुरुषोत्तम अधिकारी, हेटौँडा १८ का तरुण दल अध्यक्ष अशोक केसीलगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ