arrow

नेपाल पक्षको एक्सनपछि ओली पक्ष पनि बैठकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
oli-ishwor-subash.jpg

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक अपरान्ह बस्दैछ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक बसेसँगै संस्थापन पक्षले स्थायी कमिटी बैठक डाकेको हो । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो । बैठकमा पार्टीको असन्तुष्ट पक्षको बारेमा छलफल हुने जनाइएको छ । 

त्यसैगरी समसामयिक विषयमा पनि छलफल हुने बताइए पनि मूलरुपमा इतर पक्षलाई के गर्ने भन्ने बारेमै छलफल हुने बुझिएको छ । स्थायी कमिटी बैठक केही दिनदेखि सर्दैै आएको छ ।

तयारी नपुगेको भन्दै बैठक सार्दैै आए पनि नेपाल–खनाल पक्षले नयाँ पार्टीको घोषणा गर्ने भएससँगै केपी शर्मा ओली पक्ष पनि अताल्लिएको बुझिन्छ । यो बैठक भने नसर्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मिडियालाई बताएका छन् । 

नेपाल–खनाल पक्षका केही नेताहरु भने अझै पनि पार्टी एकता कायमै राख्नुपर्ने पक्षमा छन् । नेपाल–खनाल पक्षले एमालेलाई २०७५ साल जेठ २ को स्थितिमा ल्याएर एकता गर्नुपर्ने बताउँदै आएका छन् । 

ओली पक्ष भने पछाडि फर्कन नसकिने भन्दै सत्ताको रसास्वादनमा रहेर अगाडि बढिरहेको छ । तर पनि नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि झस्किएको छ ।

ओली पक्षका पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ्गले विज्ञप्ति जारी गरी नेपाल–खनाल पक्षको बैठकमा सहभागी नहुन संस्थापन पक्षकाका केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् । 

नेता नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरु पार्टीको एकता जोगाउन संस्थापन पक्षसँग नियमित छलफल र संवादमा रहेका छन् । अन्तिम समयसम्म पनि पार्टीलाई फुटबाट जोगाउने प्रयास कायम राख्ने भनाई वार्तामा सहभागी नेताहरुको छ । नेताहरु गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका नेताहरुले पार्टी एकताको प्रयास कायम राखेका छन् । 

तर बिहीबार भने उनीहरु पनि निराश भएको बुझिन्छ । यता बामदेव गौतमले यी नेताहरुलाई जेठ २ को स्थितिमा लगे ओलीसँगै बस्न पनि सुझाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ