arrow

अमेरिकाले नेपाललाई कोरोनाको खोप दिने, प्रधानमन्त्री ओलीले गरे स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
nepal-usa.jpg

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध गराउने अमेरिकी निर्णयको स्वागत गरेका छन् । खोप उपलब्ध गराउन नेपालले गरेको आग्रहलाई सुनेको भन्दै उनले सामाजिक संजाल ट्वीटरमार्फत स्वागत गरेका हुन् ।

‘अमेरिकाले हामीलाई खोप उपलब्ध गराउने निर्णय गरेकोमा हामी स्वागत गर्दछौं, यसले नेपाल र अमेरिकाको मित्रताको मजबुतीलाई पुष्टि गर्छ’ प्रधानमन्त्रीले लेखेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकाललेसमेत अमेरिकाले नेपाललाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउने जानकारी प्राप्त भएको भन्दै ट्वीट गरेका छन् ।  परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पनि खोप दिने विषयमा अमेरिकाले निर्णय लिएको भनेका छन् । तर संख्या भने तोकिएको छैन ।

राष्ट्रपति भण्डारीले १३ जेठमा अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई पत्र पठाउँदै खोप सहयोगका लागि आग्रह गरेकी थिइन् ।

राष्ट्रपतिको सो आग्रहको पत्र अमेरिकी विदेश मन्त्रालयले गत सोमबार राष्ट्रपति बाइडेन समक्ष पेश गरेको थियो । सो पत्र पेश भएपछि नेपाललाई दिइने खोपको विषयमा टुंगो लागेको हो ।

राष्ट्रपति भण्डारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय राष्ट्रपति रामनाथ कोविन्द र चिनीयाँ राष्ट्रपति सी जिनपिङलाई पनि विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी छन् ।

राष्ट्रपतिको आग्रहपछि चीनका समकक्षी सीले नेपाल चीनको अभिन्न मित्र रहेकाले आवश्यक सहयोगबारे आफू सकरात्मक रहेको बताएका थिए भने लगत्तै १० लाख खोप सहयोगको घोषणा भएको थियो । यसअघि पनि चीनले भेरोसेल खोप ८ लाख डोज नेपाललाई उपलब्ध गराइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ