arrow

कर्णाली सरकारमा कांग्रेसको ‘इन्ट्री’, प्रदेश २ मा पनि छिट्टै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । विगत तीन वर्ष प्रतिपक्षमा बसेको नेपाली कांग्रेस कर्णाली प्रदेशबाट तीन वर्षपछि सरकारमा इन्ट्री गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारमा शनिबार कांग्रेसबाट दुईजना मन्त्री थपिएका हुन् । कर्णालीमा कांग्रेसले मुख्यमन्त्री शाहीको सत्तालाई जोगाउन विश्वासको मत दिएको थियो ।

कर्णालीमा सरकारमा सहभागी भएका कांग्रेसतर्फका दुई मन्त्रीलाई आइतबार सपथ गराउने तयारी भइरहेको छ । कर्णाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले आइतबार सपथ हुने जानकारी दिएका हुन् । उनले नै कांग्रेसका दुई नेताको नाम मन्त्रीमा सिफारिस गरेका थिए ।

यसैगरी प्रदेश २ सरकारमा पनि कांग्रेस छिटै सहभागी हुने भएको छ । प्रदेश २ मा हाल जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षको संयुक्त सरकार छ । तर, महन्थ समूह केपी ओली नेतृत्वको संघीय सरकारमा सहभागी भएपछि उपेन्द्रले महन्थ समूहलाई सरकारबाट अलग्याउन चाहेका छन् भने कांग्रेस र माओवादी केन्द्रको समर्थनमा लालबाबु राउत नेतृत्वको सरकारलाई जोगाउन प्रयासरत छन् ।

केन्द्रमा जस्तै विपक्षी गठवन्धन बनेमा प्रदेश २ मा कांग्रेस, माओवादी केन्द्र र जसपाको सरकार सजिलै बन्ने अवस्था छ । कर्णालीमा भने कांग्रेसका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ