arrow

कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोजका रूपमा 'उस्तै अर्कै खोप' दिइने !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
corona-vaccine-covid.jpg

काठमाडौं। गत फागुन २३ गतेदेखि चैत १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूलाई सोही प्रकृतिको अर्को खोप दिइने भएको छ । तीन महिना पुरा भइसकेपछि आजदेखि सो खोपको दोस्रो मात्रा  दिइनु पर्ने थियो ।

यद्यपि खोप खरिद गरिएको भारतको सेरम इन्स्ट्यिुटले अभावका कारण तत्काल खोप उपलब्ध गराउन नसकिने भनेपछि खोप लगाउन असमर्थ भएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै सो खोप लगाउन असमर्थ भइएको र अब सोही प्रकृतिको अर्को खोप लगाइने बताएको छ ।

मन्त्रालयले कोभिसिल्ड खोपको विकल्पमा एस्ट्राजेनेका कै खोप लगाइने भन्दै सबैलाई धैर्य रहन आग्रह गरेको छ । 

स्वास्थ्य सेवा विभाग र युनिसेफको सहकार्यमा डेनमार्कबाट करिब १४ लाख एस्ट्राजेनेकाको खोप भित्रिने तयारी भइरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएको छ ।

कोभिसिल्ड र एस्ट्राजेनेका एउटै किसिमको खोप हुन् । विभागले कोभिसिल्डको विकल्पमा यहीँ खोप लगाउने तयारी गरेको देखिन्छ ।

यस्ताे छ विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ