arrow

निषेधाज्ञामा प्रहरी र स्थानीयबिच झडप, डिएसपी सहित ६ प्रहरी घाइते

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ जेठ २४ सोमबार
garuda-police.jpg

गरुडा । रौतहटको गरुडामा आइतबार राती स्थानीय र प्रहरी बिच झडप भएको छ । गरुडा नगरपालिका–२ गेडाहीगुठी टोलमा जयलाल सहनीका छोरा , राजाराम सहनीका छोरा र खहेरुराय यादवको छोरी समेत ३ जनाको विवाहमा डिजे बजाएर भिडभाड गरिएको भन्दै प्रहरी सम्झाउन गएको थियो ।

प्रहरी टोलीलाई स्थानीयले राती ९ बजे ढुंगामुढा गर्दै बाँसको लौरोले प्रहार गरेका थिए । निषेधाज्ञाको बेला चर्को लाउडस्पिकर बजाएर जन्ती जाने क्रममा प्रहरीले रोक्न खोजे पछि स्थानीय र प्रहरी बिच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डिएसपी भरत श्रेष्ठले जानकारी दिए । 

प्रहरीले लाउडस्पिकर नबजाउन आग्रह गर्दै जन्तीको गाडीलाई सम्झाउन खोज्दा अचानक प्रहरीमाथि हातपात भएको र झडपको स्थिति सिर्जना हुन पुगेको  डिएसपी भरत श्रेष्ठले बताए । झडपमा परि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरे सहित ६ प्रहरी घाइते भएका छन् । 

घटनामा संलग्न दिलीप सहनी, सुनिल सहनी र राधा सहनीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ