arrow

खाना पकाउने ग्याँस चुहिएर आगलागी, तीन जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
fire-final_1618024271.jpeg

पाँचथर । सोमबार राति भएको आगलागीमा परी यहाँको एकै घरका तीन जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् । 

खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा तनमायाको शरीरका विभिन्न भाग जलेका छन् । 

यस्तै दीननाथको बायाँ हात र खुट्टा तथा मदनको दायाँ हात र पेट जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । 

घाइतेलाई जिल्ला अस्पताल फिदिम भर्ना गरिएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीयवासीले समयमै नियन्त्रणमा लिँदा अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ