arrow

त्रिलोचनलाई काँग्रेसको समर्थन, जसपाले विश्वासको मत नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
trilochan-bhatta.jpg

गोदावरी । नेपाली काँग्रेस संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएको छ ।काँग्रेस संसदीय दलको मंगलवार  बसेको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनका पक्षमा मतदान गर्ने निर्णय गरेको नेका प्रदेशसभा सदस्य टेकबहादुर रैकाले जानकारी दिए । 

 प्रदेशसभामा काँग्रेसका १२ सदस्य छन् । काँग्रेसको यो निर्णयपछि मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुने जनाइएको छ । मुख्यमन्त्रीलाई  २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सदस्य रहेकामा एमाले संसदीय दलसमेतले समर्थन गर्ने निर्णय गरेको छ । 

सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)का सदस्यले मुख्यमन्त्री  भट्टलाई विश्वासको मत नदिने भएका छन् । केन्द्रमा भएको सत्ता समिकरणअनुसार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरीको भनाई छ । प्रदेशसभामा जसपाका चौधरी र मालामति राना गरी दुई  सदस्य रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ