arrow

ठाकुर पक्षमा लागेका नेतामाथि साङ्घातिक आक्रमण, महेन्द्र यादवले आक्रमण  गराएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
thakpur-yadav-local-fight.jpg

काठमाडौँ। जसपा विवाद बढ्दै जाँदा स्थानीय स्तरमा नेता कार्यकर्ताहरूका आपसमा आरोप प्रत्यारोप भन्दा पर आक्रमणमा उत्रिन थालेका छन्। आफ्नो पक्षमा नलागेको भन्दै उपेन्द्र यादव समूहमा हालै लागेका महेन्द्र राय यादवले महन्थ ठाकुर समूहका नेतामाथि आक्रमण गरेको ठाकुर पक्षको आरोप छ।

आफ्नो पक्षमा नलागेको भन्दै महेन्द्रले ठाकुर पक्षमा खुलेका महमद हबिबुल्लाको ज्यान लिने प्रयास गरेको हबिबुल्लाकी पत्नी तथा जसपाकी नेतृ रुही यादवले आरोप लगाइन्।

पहिले महन्थ समूहमा नै रहेका महेन्द्र राय यादव हाल उपेन्द्र समूहमा छन्। महेन्द्रले रुही पनि आफूसँगै उपेन्द्र समूहमा नलागेको भन्दै आफ्नो पतिमाथि आक्रमण गराएको बताइन्। 

आक्रमणमा घाइते भएका रुहीका पतिको सर्लाहीको एक अस्पतालमा उपचार गरिएको छ। टाउकोमा चोट लागेको उनको टाँका लगाइएको छ।

आक्रमण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ