arrow
ADVERTISEMENT

नेबिसंघ महामन्त्री तिमल्सिनाले धुस्कुनमा पुर्याए अक्सिजन कन्सन्टेटर सहित स्वास्थ्य सामाग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ५ शनिबार
baldev.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा ‘कोभिड १९ बिरुद्धको हाम्रो अभियान’ अन्तर्गत नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले  स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरणलाई निरन्तर जारी राखेका छन ।

शुक्रवार महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिकाद्वारा वडा नं ३ धुस्कुनमा संचालित पालिकास्तरीय कोभिड आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकिको प्रयोजनका लागि नेपाल मेडिकल एसोसिएसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) हस्तान्तरण गरेका हुन्।

तिमिल्सिनाले शुक्रबार धुस्कुन स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटरसंगै अक्सिजन नजल ट्युब २० पिस, पिपिइ सेट, सर्जिकल मास्क, एन ९५ मास्क, फेससिल्ड, स्यानिटाइजर, ग्लोभ्स लगाएत अत्यावश्यक स्वास्थ्य सामग्रीहरु स्वास्थ्य प्रमुख राम प्रकाश यादवलाई हस्तान्तरण गरेका छन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य एबम राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय अध्यक्ष भोजराज श्रेष्ठ, उद्योग बिभाग सदस्य वीर बहादुर भण्डारी, नेताहरू माधव भण्डारी, राम कुमार तामाङ, इकाइ सभापति राम कुमार रिसाल सहित नेबिसंघ र तरुण दलका नेता तथा सामाजिक अभियन्ताहरुको उपस्तिथिमा सामग्री हस्तान्तरण गर्दै महामन्त्री तिमल्सिनाले जिल्लाभर कोभिड महामारीसंगै अहिलेको बिपत्ति विरुद्धको लडाइमा शसक्त परिचालन हुन जरुरी रहेको बताउँदै आफ्नो अभियान निरन्तर जारी रहने बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख राम प्रकाश यादवले आइसोलेसन सेन्टरमा अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर प्राप्त हुँदा कोरोना र अन्य बिरामिको उपचारमा सहज हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ