arrow

आजको राशिफल : लाभ बेला दुई पटक रहेको यस्तो छ बुधवारको दिन

logo
ज्यो. हरि पन्त
प्रकाशित २०७८ असार ९ बुधबार
rashifal-horoscope-blue_1618014935.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ असार ८ गते बुधवार, इस्वीसंवत जून २३ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको त्रयोदशी तिथि रहनेछ । आज अनुराधा नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा भद्रा, आनन्दादि योगमा काल रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३६ पला अर्थात् १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर १ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज पनि समय खराब रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा सञ्चित धनको नोक्सानी हुन सक्ने देखिन्छ, खराब निर्णय हुन सक्छ,मध्यान्हपछिको समय भने केही सुधारित रहनेछ,आफन्तसंगको सम्बन्धमा क्रमिक सुधार आउनेछ । 

वृष : वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ, साथी भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ, तपाइको अनुयायीहरू बढ्नेछन् भने नयाँ कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ,आर्थिक कारोबार सन्तोष जनक रहनेछ । 

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । रोकिएका व्यवसायिक कारोबारमा सुधार आउनेछ,प्रेम सम्बन्ध  अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ,नयाँ सवारी साधन र बहुमूल्य रत्नहरूको संचिति हुने समय रहेको छ ।

कर्कट : कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ । तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्‍याउनुहोला। अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ,शत्रुहरु तपाईँ देखि टाढिन थाल्नेछन्, धार्मिक कार्यमा रुचि बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ,हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला । 

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरूको लागि फलदायी समय रहनेछ,खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनुहोला ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा सञ्चित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ,मध्यान्ह पछिको समय भने केही सुधारिन रहनेछ,आफन्तसंगको सम्बन्धमा क्रमिक सुधार आउनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ ।

धनु : धनु राशिका लागि आज स्वास्थ्यमा एक्कासि समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठुलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य अनुकूल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायमा फाइदा हुनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाव घट्दो क्रममा रहनेछ,अत्यावश्यक यात्रा गर्नु परेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ ।

साइत : आज चन्द्रमा वृश्चिक राशिमा छन् । साथै काल योग पनि परेकाले सकभर लामो दूरीको यात्रा नगर्नुहोला । यदि बाध्यता नै छ भने पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुधवार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात् उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाईँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ५ः०७ बजेदेखि         ६ः५१ बजेसम्म         लाभ बेला

बिहान ६ः५१ बजेदेखि         ८ः३५ बजेसम्म         अमृत बेला

बिहान ८ः३५ बजेदेखि         १०ः२० बजेसम्म       काल बेला

बिहान १०ः२० बजेदेखि        १२ः०४ बजेसम्म       शुभ बेला

बिहान १२ः०४ बजेदेखि        १ः४८ बजेसम्म        रोग बेला

दिनमा १ः४८ बजेदेखि         ३ः३२ बजेसम्म         उद्वेग बेला

दिनमा ३ः३२ बजेदेखि         ५ः१६ बजेसम्म         चर बेला       

दिउँसो ५ः१६ बजेदेखि        ७ः०० बजेसम्म         लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



नयाँ