arrow

राष्ट्रपतिले ओली बाहेकलाई प्रधानमन्त्री देख्नै चाहनु भएनः अधिवक्ता बन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
govinda bandai.jpg

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली बाहेक प्रधानमन्त्री बन्नै नहुने व्यवहार देखाएको भन्दै राष्ट्रपतिको भूमिकामाथि शंका व्यक्त गरेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको बहसका क्रममा बन्दीले राष्ट्रपतिबाट शंकास्पद भूमिका व्यक्त भएको भनेका हुन् ।

उनले बहसका क्रममा भने, ‘जसरी पनि केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मानसिकता राष्ट्रपतिले देखाउनु भयो, अरु हुनै हुन्न भन्ने सोच राष्ट्रपतिमा देखियो’ बहसका क्रममा बन्दीले भने । 

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमाथि आजबाट पुनः संवैधानिक इजलासमा सुनुवाइ जारी छ । 

प्रतिनिधिसभा विघटन र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च्मा कूल ३१ रिट परेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसदले सर्वोच्चमा रिट हालेका छन् । 

बहसमा सहभागी हुँदै बन्दीले ‘७६(५)अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई छ कि छैन ?’ भन्ने प्रश्नसमेत गरे ।

उनले प्रतिनिधि सभामा विश्वास गुमाएका व्यक्तिले पुनः प्रधानमन्त्रीमा दाबी गर्न मिल्ने नमिल्ने विषयमासमेत प्रश्न उठाए ।

यसैगरी ७६ (५)अनुसार सांसदले आफूले प्रधानमन्त्री छान्न पाउने कि नपाउने वा दलीय ह्वीप लाग्ने कि नलाग्ने भन्नेमा पनि प्रश्न गरे ।

उनले प्रधानमन्त्री दाबी गर्ने क्रममा आएका केही सांसदले दोहोरो हस्ताक्षर गरेको वा केही नाम दोहोरिएको भन्ने राष्ट्रपतिले सबै सांसदलाई बोलाएर सनाखत गर्न सक्ने अवस्थालाईसमेत लत्याएको बताए ।

उनले राष्ट्रपति संविधानभन्दा बाहिर गएर प्रधानमन्त्रीमा देउवालाई नियुक्त नगरी संसद विघटन गरेको दाबी गरे । बन्दीले बहसका क्रममा बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेशको मागसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ