arrow

एन्टी भाइरसका निर्माता जोन म्याकफी बार्सीलोनाको जेलमा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
john macafee.jpg

काठमाडौं । एन्टी भाइरस सफ्टवेयर उद्यमी जोन म्याकफी बार्सिलोनाको जेलमा मृत फेला परेका छन् । जेलहरुले उनलाई बचाउन प्रायस गरे पनि बचाउन नसकेको क्याटलानको न्याय विभागले जनाएको छ ।

न्याय विभागले म्याकफीले आत्महत्या गरेको हुनसक्ने जनाएको छ । विवादित टेक फिगर म्याकफीले सन् १९८७ मा आफ्नो कम्पनीमार्फत पहिलो व्यापारीक एन्टी भाइरस सफट्वयरको विकास गरेका थिए ।

म्याकफीको एन्टी भाइरसले अर्बाैं मूल्यको विश्व कम्प्युटर बजारलाई ठूलो सयोग गरेको थियो । पछि उनको कम्पनी इन्टेलले खरिद गरेको थियो ।

अमेरिकामा कर छलीको मुद्दा लागेका म्याकफी सन् २०२०को अक्टोबरमा स्पेनबाट पक्राउ परेका थिए । स्पेनीस अधिकारीहरुले उनलाई त्यस बेलादेखि जेलमा राखेका थिए । बुधबार स्पेनले म्याकफीलाई अमेरिका हस्तान्तरण गर्ने निर्णय गरेसँगै म्याकेफी मृत फेला परेका हुन् ।

यद्यपि, उनी आफुले भने पक्राउ पछि अमेरिकाको राजनीतिक चाल रहेको बताएका थिए । म्याकफीका वकिलले भने उनलाई चीन्ने जति सबैले उनलाई सधैं सम्मान गर्ने बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ