arrow

संवैधानिक निकायमा २० पदाधिकारीलाई ‘अवैधानिक कदमको मतियार नहुन’ अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
sital-niwas.jpeg

काठमाडौं । संसदीय सुनुवाइबिना नै राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गरेपछि २८ नागरिकहरुले भत्र्सना गरेका छन् ।

संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई राष्ट्रपति भण्डारीले संसदीय सुनुवाइबिना नै विहीबार नियुक्त गरेपछि उनीहरुले आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्री ओली संसदभित्र अल्पमतमा परेको बेलामा एकपछि अर्को प्रतिगमन उन्मूख र विधि, विधान विपरितका हरेक निर्णयहरु अदालतले उल्टाएको अवस्थामा आज नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिमा पनि बैधानिक बाटो अबलम्वन गरिएको देखिएको छैन। संवैधानिक निकायजस्तो राज्यको महत्वपूर्ण निकायमा हुने नियुक्तिको आम स्विकार्यता हुन आवश्यक छ’, अपिलमार्फत भनिएको छ ।

बर्तमान राजनीतिक संक्रमणको अत्य गर्न तथा संविधान मिचेर गरिएका सबैखाले अवैधानिक कदमको मतियार नहुनका लागि सबै नियुक्ति पाउने ब्यक्तित्वहरुले ति पदहरु नैतिकताको आधारमा अस्विकार गर्दै नियुक्ति नलिन उनीहरुको अपिल छ ।

विभिन्न संवैधानिक आयोगमा आज नियुक्त २० जना पदाधिकारीलाई हाम्रो अपिल 

प्रधानमन्त्री केपी शर्मा ओलिको संसद विघटनको असंवैधानिक एबं प्रतिगमन उन्मुख कदमहरु एक पछि अर्को बढिरहेको तथा सम्मानीय अदालतले त्यस्ता कदमहरुको वैधानिकतालाई निरन्तर असंवैधानिक ठहर गर्दै अन्तरिम आदेशबाट रोकिइरहेको अवस्थामा आज
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५३ को उपधारा ९१० को खण्ड ९घ० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा विभिन्न संवैधानिक आयोगमा गर्नु भएको नियुक्तिको हामी घोर भत्सर्ना गर्दछौ। 

प्रधानमन्त्री ओली संसदभित्र अल्पमतमा परेको बेलामा एकपछि अर्को प्रतिगमन उन्मूख र विधि, विधान विपरितका हरेक निर्णयहरु अदालतले उल्टाएको अवस्थामा आज नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिमा पनि बैधानिक बाटो अबलम्वन गरिएको देखिएको छैन। संवैधानिक निकायजस्तो राज्यको महत्वपूर्ण निकायमा हुने नियुक्तिको आम स्विकार्यता हुन आवस्यक छ । 

बर्तमान राजनीतिक संक्रमणको अत्य गर्न तथा संविधान मिचेर गरिएका सबै खाले अवैधानिक कदमको मतियार नहुनका लागि सबै नियुक्ति पाउने ब्यक्तित्वहरुले ति पदहरु नैतिकताको आधारमा अस्विकार गर्दै नियुक्ति नलिइदिनु हुन हामी अपिल गर्दछौ।

बिश्वदिप लामिछाने 
च्यवन घिमिरे 
धिरज कोइराला
देवेन्द्र बर्मा 
शिव चालिसे
एलिजा ढकाल
ज्योती बोगटी थापा
रमिता अधिकारी 
तुल्सीराम भुसाल
सरोजश्री अधिकारी
बुद्धराज रिसाल
हेमन्त बन
तारा गौतम
रमिला महत
राजन कटुवाल(केसि)
राविश शर्मा
सुबास अर्याल 
छिरिङ धुन्डुप शेर्पा
राजेस लुइटेल
शिबु श्रेष्ठ
गोबिन्द बानियाँ
बिश्वास द्विबेदी 
आत्मराम अतकुल्य
सुरेस अधिकारी
अशु शर्मा
सरोज बस्नेत 
बिपि कोइराला
लक्ष्मण सापकोटा
प्रकाश भण्डारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ