arrow

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
hamropatro-logo.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छिन्। विगत ८ वर्ष देखि हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नति गरिएको हो।

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक गौतम नेपालस्थित एक मात्र आधिकारिक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको कम्पनीले विज्ञप्ति मार्फत जानकारी गराएको छ। कम्पनीका आधिकारिक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरू हुने र त्यसैअनुसार सम्पर्क गर्न हाम्रो पात्रोले जनाएको छ। साथै, हाम्रो पात्रोसँग आबद्ध समग्र साझेदार सञ्चार माध्यमहरूलाई सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गर्ने समेत अनुरोध गरेको छ।

हाम्रो पात्रो एपलाई अझ बढी परिष्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरू थप गर्दै लगिने प्रतिबद्धता कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ