arrow

देउवाको साटो मलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको थियो तर गठबन्धनलाई धोका दिइँन: माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
madhav-kumar-nepal-makune-uml.jpg

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरुको लडाइ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको स्पष्ट पारेका छन् ।

विपक्षी गठबन्धनले शनिबार पत्रकारहरुसँग वानेश्वरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले ओलीले पटक–पटकको धोका दिएका कारण आफूहरु विद्रोहमा उत्रिनुपरेको बताए ।

ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा, जनताको अधिकार रक्षा, संविधान बचाउन, संघीयता जोगाउन आफूहरुको मैदानमा उत्रिएको बताए । उनले ओलीले सत्ताबाहेक अरु नदेखेको आरोपसमेत लगाए।

सो क्रममा नेता नेपालले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा धोका नदिने स्पष्ट पारे । ‘माधव नेपालले धोका दिँदैन, धोका दिने मान्छे होइन, सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिएर धोका दिने काम हुँदैन’ उनले भने ।

ओलीसँग नमिल्ने र विपक्षी गठबन्धन नछोड्ने घोषणा गरेका नेपालले ओलीबाट प्रधानमन्त्रीको अफर आएको दाबी पनि गरे । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको तर आफूले स्वीकार नगर्ने उनको दाबी छ ।

‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुँदैन, ओलीले राइटिस्ट कोलिसन बनाउनुभएको छ त्यसलाई करेक्सन गर्नुपर्छ, सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउँला’ नेपालको भनाइ थियो । आफूले कुनै पदका लागि लडाइँ लडेको नभइ ओलीको गलत प्रवृत्ति र गलत चिन्तनविरुद्ध उत्रिएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ