- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । मोरङको कानेपोखरी लोटाङबीचको जंगलमा एक युवाको शव फेला परेको छ । धनकुटा लेगुवाका ३० बर्षीय उमेश मिश्रको शव झुडिएको अवस्थामा निगुरो टिप्न जानेले देखेर प्रहरीलाई खवर गरेका थिए ।
सात बर्षदेखि इटहरी बस्दै जिप्सन जडानको काम गर्दै आएका मिश्र ११ गते ११ बजेसम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसकेपछि चारैतिर खोजी भएको थियो ।
१२ गते ४/५ बजेतिर कानेपोखरी लोटाङबीच बाटोको २/३ सय मिटर भित्र जंगल शव निगुरो टिप्नेले भेटेका थिए । आफन्त श्याम बाबु काफ्लेका अनुसार शव वरिपरिको अवस्था हेर्दा घटना शंकास्पद रहेको बताए ।
शव वरिपरि मडारिएको, हात र खुट्टामा डोरीले बाँधे जस्तो डाम, हात, खुट्टा र शरीरमा निलडाम र खुट्टामा रगत देखिएको देखिएको र भुइ टेकेको अवस्थामा शव रहेकोले कसैले मारेर झुडाएको शंका आफ्न्तको छ ।
मिश्रले कुदाउने मोटर साइकल बाटोको छेउजंगल भित्र रहेको र वरिपरि अन्य ३/४ वटा मोटर साइकल घुमाएको छाप रहेको काफ्लेले बताए । मृतक उमेशकी काकी शुष्मा दाहाल मिश्रका अनुसार उमेशको सुसाइट नभएर हत्या नै भएको हुनसक्ने बताइन ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार मृतकको पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान लगिएको र त्यसको रिपोर्ट नआउन्जेल केही भन्न नमिल्ने बताएको छ ।