arrow

विश्वकै धनाड्य जेफ बेजोसलाई पृथ्वीमा फिर्ता आउन नदिन १ लाख ३० हजारको हस्ताक्षर !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
jeff bezos.jpg

काठमाडौं । करिब एक महिना अघि आउँदो जुलाई २० मा अन्तरिक्षमा जाने घोषणा गरेका विश्वकै धनाड्य जेफ बेजोसलाई पृथ्वीमा फकर्न नदिने भन्ने आशयले हस्ताक्षर संकलन भइरहको छ ।

यो हस्ताक्षर संकलन चेन्ज डट ओआरजी भन्ने वेबसाइटमा भइरहेको छ । चेन्ज डट ओआरजी वेबसाइटमा सामाजिक मुद्दाहरुलाई एक निवेदन (पेटीसन)का रूपमा वेबसाइटमा पोष्ट गरेर हस्ताक्षर अर्थात सहमत हुनेको संख्या संकलन गर्न सकिन्छ ।

यस्तै किसिमले विश्वमा धनी र गरिबबीचको असमानतालाई ईंगीत गरेजस्तो देखिने 'जेफ बेजोसाई पृथ्वीमा फर्किन नदिउँ' भन्ने आग्रहसहितको अभियानमा यो समाचार लेख्दासम्म १ लाख २९ हजार ६ सय २० जनाले सहमति जनाइ सकेका छन् ।

विकिपिडियाका अनुसार चेन्ज डट ओआरजी वेबसाइटका करिब ४ करोड प्रयोगकर्ता रहेका छन् । यसमा लगइन अथवा साईन इन गरेपछि जोसुकैले पनि यस्ता अभियान चालेर हस्ताक्षर संकलन गर्न सक्छन् ।

यो वेबसाइटमा गएर नाम र इमेल उल्लेख गरेपछि अभियानमा सहभागी हुनसकिन्छ अर्थात हस्ताक्षर गर्न सकिन्छ ।

जेफ बेजोसलाई अन्तरिक्षमा नै बस्न आग्रह गर्ने यो अभियानसहितको पोष्ट भने भने अमेरिकाको मेशिगन राज्यमा अटोमोटिभ सप्लायरका म्यानेजर ३१ बर्षीय रिच गेइजरले पोष्ट गरेका हुन् ।

उनले १ लाख ५० हजार हस्ताक्षर संकलन गर्ने किसिमले सामान्य किसिमले पोष्टगरेको बताएका छन् । तर, अहिले धेरै मानिस सहभागी हुनुले धनी र गरिबवर्गबीचको असमानतालाई झल्काएको उनको भनाइ छ ।

१ लाख ५० हजार हस्ताक्षर संकलन भएमा यो अभियान चेन्ज डट ओरआरजी वेबसाइटमा सबैभन्दा बढी हस्ताक्षर भएको अभियान, पेटीसन वा निवेदन हुनेछ ।

सन् २०२० मा कोभिड१९को महामारीमा विश्वभर लाखौं मानिसले ज्यान गुमाइरहेका बेला जेफ बेजोसको सम्पती झण्डै ७० अर्बले बढेको थियो । ब्लुमबर्गका अनुसार हाल उनको सम्पती करिब १९९ अर्ब अमेरिकी डलर रहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ