arrow

आज बेलुकी अन्तरिक्ष भ्रमणमा जाँदै 'विश्वकै धनाड्य जेफ बेजोस', कसरी हेर्ने लाईभ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
jeff bezos.jpg

काठमाडौं। विश्वकै धनाड्य व्याक्ति एवं अमेजनका संस्थापक जेफ बेजोस मंगलबार अन्तरिक्ष भ्रमणमा जाने भएका छन् ।

उनकै कम्पनी 'ब्ल्यु ओरिजिन'ले बनाएको अन्तरिक्ष यान 'न्यु शेपर्ड'मा उनी अन्तरिक्ष भ्रमणमा जाने भएका हुन् ।

९ दिनअघि मात्रै 'भर्जीन ग्यालेक्टिक' कम्पनीका संस्थापक पनि आफ्नै कम्पनीको अन्तरिक्ष यानमा अन्तरिक्ष भ्रमणमा गएका थिए ।

कति उचाईमा जाँदै छन् बेजोस ?

बेजोसको भ्रमण समुद्री सतहदेखि १०० किलोमिटर माथि अन्तरिक्षमा हुनेछ । अन्तरिक्षमा यो यानले करिब १० मिनेट समय बिताउँने छ । बाँकी समय 'लिफ्ट अप' र 'ल्यान्डिंग'मा बित्ने छ ।

को को जाँदैछन् बेजोससँग ?

बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षीय अमेरिकी महिला वाल्ली फंक र १८ वर्षीय नेदरल्याण्डका युवा ओलीभर डेमेन अन्तरिक्ष भ्रमणमा जाँदैछन् ।

वाल्ली अन्तरिक्षमा पुग्ने सबैभन्दा वृद्ध व्याक्ति हुनेछन् भने ओलीभर अन्तरिक्षमा पुग्ने सबैभन्दा युवा व्याक्ति हुनेछन् ।

कहाँ, कसरी र कति बजे हेर्ने लाइभ ?

यो पूरै प्रक्रिया नेपाली समय अनुसार मंगलबार (आज)साँझ सवा पाँच बजेदेखि ब्ल्यु ओरिजिनकै वेबसाइटमा लाईभ हेर्न सकिने छ ।

मौसम र प्राविधिक कारणले ढिलाइ नभएमा आजै बेलुकी पौने सात बजे बेजोससहितको टिम बोकेको यान अन्तरिक्षमा जाने छ ।

कस्ले चलाउँछ यानलाई ?

यो अन्तरिक्ष यान पूर्णरुपमा स्वचालित हो । यसै कारण यसमा यात्रि मात्रै रहेका छन् । पाइलट रहित मानव अन्तरिक्षमा जाने पहिलो यान समेत यहीँ यान बन्ने भएको छ ।

सन् १९६१ मा अन्तरिक्षमा जाने पहिलो अमेरिकी नागरिक एलन बी. शेपर्डका नामबाट यो अन्तरिक्ष यानको नाम न्यु शेपर्ड राखिएको हो ।

कसरी काम गर्छ न्यु शेपर्डले?

यो यानको तल्लो भागमा इन्धन हुन्छ जसैको मद्दतले यान अन्तरिक्षसम्म पुग्छ । इन्धन रहेको यानको भाग (जसलाई लञ्च भेहिकल पनि भनिन्छ ) चाहि अन्तरिक्षमा पुग्नुभन्दा केही तल न मुख्यभागबाट अलग हुनेछ र पृथ्वीतिर खसेर अवतरण हुनेछ ।

मुख्य भाग जसलाई क्याप्सुल पनि भनिन्छ । उक्त भाग भने अन्तरिक्षमा जाने छ करिब १० मिनेटसम्म अन्तरिक्षकै क्षेत्रमा रहनेछ र त्यसपछि पृथ्वीतिर खस्ने छ । 

क्याप्सुलको टुप्पोमा रहेको प्यारासुट निश्चित समयपछि खुल्ने छ र क्याप्सुल विस्तारै पृथ्वीमा अवतरण हुनेछ  । यसै क्याप्सुलमा यात्रिहरु रहन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ