arrow

अमृतबेला दुईपटक भएको यस्तो हुनेछ सोमबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७८ असार १४ सोमबार
rashifal-horoscope-2-1619916090.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ असार १४ गते सोमबार, इस्वीसंवत जून २८ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको चतुर्थी तिथि रहनेछ । आज धनिष्ठा नक्षत्र, विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा बब, आनन्दादि योगमा शुभ रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३४ पला अर्थात १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर २ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
मेष राशि भएकाहरूका आज समय मध्यम खालको छ । तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पु¥याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ । आज पश्चिम दिशाको यात्रा शुभ छैन ।

वृषः वृष राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो–छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ । टाढाको यात्रामा आज सकभर नजानुहोला, सवारी हाँक्दा पनि विचार पुर्याउनुहोला ।

मिथुनः आज मिथुन राशि भएकाहरूका लागि पनि समय खराब छ । नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन । व्यापार व्यवसाय पेशामा संलग्न व्यक्तिलाई नोक्सान दिनेवाला रहेको छ । आकस्मिक चोर अथवा बदमास व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि छ, त्यसैले एक्लै यात्रामा जानु ठीक छैन । आज आफ्नो नित्य काम मात्र गर्नुहोला । धार्मिक कार्यमा दिन व्यतित गर्दा राम्रो होला ।

कर्कटः आज कर्कट राशिका लागि आज समय राम्रो छ । घरमा कुनै धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ, प्रेम सम्बन्ध बढ्न सक्ने अवस्था पनि आउन सक्नेछ । तपार्इं मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन सक्ने अवस्था रहेको छ, समग्रमा आज समय शुभ रहेकाले उपयोग गरेमा लाभ मिल्नेछ, धार्मिक यात्रा पनि सफल हुनेछ । आत्मीय मित्रसंग भेटघाटको योग पनि रहेको छ । 

सिंहः आज सिंह राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य ठीकठाक रहनेछ । समय पनि शुभ छ । मानसिक प्रशन्नता मिल्ने कार्यमा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, नयाँ कामको थालनी गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसँग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम बन्नेछन् । पश्चिम दिशाको यात्रामा भने सतर्क हुनुपर्नेछ । 

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय भरपर्दो रहनेछैन । आफन्त व्यक्तिले काम विगारीदिन सिक्नेछन् । मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने, वायू रोग, शूल, मन परेको खानामा गडबडी, कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्नेछ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ । आज टाढाको यात्रामा पनि नजाँदा राम्रो हुनेछ । नयाँ कामको थालनी गर्नु पनि ठीक छैन ।

तुलाः तुला राशि भएकाहरूका लागि आज समय शुभ छैन । यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको सम्भावना रहेको छ । समय खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । आफन्तसंग तनाव बढ्ने योग देखिन्छ । त्यसैले आज आफन्तसंग भेटघाट सकभर नगर्नुहोला ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टितेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । बोली वचनले नयाँ–नयाँ मित्र बढ्दै जानेछन् । जे काम गर्नुछ सुखैका साथ सम्पन्न हुनेछन् । तर पश्चिम दिशाको यात्रामा जानु ठीक छैन ।

धनुः धनु राशिका लागि आज एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पश्चिम दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । 

मकरः मकर राशि भएकाहरूका लागि आज समय शुभ छ । भाग्यस्थानको चन्द्रमाका कारण मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ आज राम्रो दिन रहको छ । 
 
कुम्भः कुम्भ राशिका लागि आज समय शुभ छैन । स्वास्थ्यमा समस्या आउनेछ । पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला ।


मीन  मीन राशि भएकाहरूका लागि आज समय राम्रो छ । नवीन कार्यको विचार विमशर्, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । पूर्व दिशाको यात्रामा लाभ हासिल हुनेछ । नयाँ व्यवसाय थालनी आज गर्दा शुभ छ । सवारी साधन किन्दै हुनुहुन्छ भने आज दिनमा २ बजे अघि नै किन्नुहोला । 

साइतः आज चन्द्रमा मकर राशिमा छन् । आज दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः०७ बजेदेखि         ६ः५१ बजेसम्म         अमृत बेला
बिहान ६ः५१ बजेदेखि         ८ः३५ बजेसम्म         काल बेला
बिहान ८ः३५ बजेदेखि         १०ः२० बजेसम्म       शुभ बेला
बिहान १०ः२० बजेदेखि        १२ः०४ बजेसम्म       रोग बेला
बिहान १२ः०४ बजेदेखि        १ः४८ बजेसम्म        उद्धेग बेला
दिनमा १ः४८ बजेदेखि         ३ः३२ बजेसम्म         चर बेला
दिनमा ३ः३२ बजेदेखि         ५ः१६ बजेसम्म         लाभ बेला       
दिउँसो ५ः१६ बजेदेखि        ७ः०० बजेसम्म         अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ