arrow

पार्टीमा प्रहरीको छापा, लागूऔषधसहित नायिका पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
heena-panchal.jpg

काठमाडौं । बलिउडमा लागूऔषध आम विषय बनेको छ । निरन्तर भारतमा कलाकारहरु पक्राउ पर्न थालेका छन् । उक्त क्रममा भारतको नासिकको इगतपुरीमा रेव पार्टीमा छापा मार्दा प्रहरीले लागूऔषध लिइरहेकाहरुलाई पक्राउ गरेको छ । 

उक्त क्रममा प्रहरीले २२ जनालाई पक्राउ गरेको हो । तीमध्ये मराठी चलचित्रकी नायिका हीना पांचाल पनि सामेल रहेकी छिन् । स्थानीय समयअनुसार शनिबार राति करिब २ बजे इगतपुरीमा प्रहरीले छापा मारेको हो । 

पुलिसले हिनासँगै एक विदेशी महिला, मराठी तथा दक्षिणकी चलचित्रमा काम गरेका पाँच कलाकार र दुई महिला फोटोग्राफरलाई पक्राउ गरेको हो । 

पुलिसले क्यामेरा, ट्राइपोड, कोकिन, हुक्कासहित लागूऔषध तथा रुपैयाँ नियन्त्रणमा लिएको छ । यो घटनामा पक्राउ परेकाहरुबाट ठूलो ठूलो र्याकेट सामुन्ने आउने प्रहरीको दाबी छ । 

हीना पांचाल एक चलचित्र अभिनेत्री हुन् । जसले हिन्दी तथा मराठी चलचित्रमा काम गरिसकेकी छिन् । 

उनी आफ्नो आइटम गीत ‘बलम बंबई’ र ‘बेवन्डा बेवन्डा जालो मी टाइट’ बाट चर्चित छिन् । उनले सन् २०१९ मा बिग बोस मराठीमा भाग लिएकी थिइन् । 

त्यस्तै सन् २०२० को फेब्रुअरीमा डेटिङ रियालिटी टीभी सिरिज ‘मुझसे सादी करोगे’ मा पनि देखिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ