arrow

कौडीको मोलमा पाए अजयले बङ्गला, फेरी पनि लाग्यो करोडौँको ऋण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
ajaya-kajol.jpg

काठमाडौँ । बलिउड अभिनेता अजय देवगणले हालै मुम्बईको जुहू क्षेत्रमा एक नयाँ बङ्गला लिएका छन् । जसको कारण अजय देवगणलाई १८ करोड ७५ लाख भारतीय रुपैयाँको ऋण लागेको छ । एक फिल्मका लागि करोडौँ रुपैयाँ लिने अजय देवगण माथि यति ऋण लाग्नु अनौठो भने होइन । 

वास्तवमा अजय देवगणले जुहू क्षेत्रमा ४७४.४ वर्ग मिटरको बङ्गला लिएका छन् जसको मूल्य ४७ करोड ५० लाख बताइएको छ। अजय देवगणले यस बङ्गलाका लागि १८ करोड ७५ लाख रुपैयाँ ऋण लिएका हुन्। अजयले उक्त लोन २७ अप्रिल २०२१ मा लिएका थिए ताकि उनी यो बङ्गला किन्न सकुन्।

अजय देवगण गत वर्षदेखि नयाँ बङ्गला खोज्दै थिए। अजय आफ्नो घर नजिकै बङ्गलाको खोजीमा थिए । उनलाई को-अपरेटिभ हाउजिंग सोसाइटी बङ्गला मन पर्‍यो । यो बङ्गला अजयको पुरानो घरदेखि टाढा पनि छैन, जसका कारण उसले यसलाई स्वीकार गरे ।

 अजयले यो नयाँ बङ्गला आफ्नो स्वामित्वमा बनाए र उनले आफ्नो चाहना अनुसार यसमा परिवर्तन गर्न सुरु गरे। देवगण परिवारको नयाँ बङ्गला अजय र उनकी आमा वीरेन्द्र देवगणको नाममा छ। नयाँ बङ्गलाको काम सिद्धिने बित्तिकै अजय आफ्नो सम्पूर्ण परिवारसहित यसमा सिफ्ट हुनेछन्।

अजयले कोरोना महामारीको अवधिमा नै यो बङ्गला किनेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार कोरोनाका कारण मुम्बईमा सम्पत्तिको मूल्यहरू कम भइरहेको छ  । जसका कारण अजयले नयाँ बङ्गलाको लागि कौडीको मोल तिरेर किने । यदि अजयले सामान्य अवस्थामा यो बङ्गला लिएको भए उनले यसलाई चार गुणा बढी मूल्य चुकाउनु पर्ने थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ