arrow

ओली पक्षले बुधवारको बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
uml-standing-committe-meeting.jpg
फाइल तस्विर।

काठमाडौं। नेकपा एमालेको भोलि बस्ने भनिएको बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाइने भएको छ ।एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक भोलि (बुधवार) बस्दै छ । सो बैठकमा नेपाल समूहका केही नेतालाई बोलाइएको भए पनि ११ नेतालाई भने बोलाइएको छैन । 

एमाले पार्टी कार्यालय स्रोतका अनुसार नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कासहितका ११ नेतालाई बैठकका लागि खबर गरिएको छैन । नेता खनाल भने उपचारका लागि भारतमा छन् । 

यसअघि कारबाहीमा परेकाबाहेक अरु नेताहरूलाई बैठकमा बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जनाएको हो । भोलि बस्ने बैठकमार्फत यसअघि बनाइएको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ ।

एमाले अध्यक्ष ओलीले गत २८ फागुनमा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । सो कमिटीलाई सर्वोच्च अदालतले भने अस्वीकार गरिसकेको छ । 

भोलि बस्ने बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्नेसमेत तयारी छ ।

केन्द्रीय कमिटी रूपान्तरण भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू स्वतः सक्रिय हुने छन् ।

महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरूको बारेमा टुङ्गो लगाउन एमाले स्थायी कमिटी बैठक आज साँझ बस्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ