arrow

एमाले नेता कोइरी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १९ शुक्रबार
laxmi-mahatto-koiri-mahottari-1-uml-mp-2079-2022.jpg

महोत्तरी । नेकपा (एमाले) का नेता एवं पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरीका सहायक निरीक्षक (असिई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरधामले पाँच वर्ष कैद सजायको फैसला सुनाएलगत्तै महोत्तरीको गौशाला–५ स्थित एमाले पार्टी कार्यालय परिसरबाट उनलाई बिहीबार साँझ पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेले अदालतको फैसला कार्यान्वयनका लागि कोइरीलाई पक्राउ गरिएको पुष्टि गरे। पक्राउ लगत्तै उनलाई बिहीबार नै जिल्ला सदरमुकाम जलेश्वर पुर्‍याइएको छ।

यसअघि २०८० साल मङ्सिर २८ गते महोत्तरी जिल्ला अदालतले कोइरीलाई यसै मुद्दामा सफाइ दिने फैसला गरेको थियो। तर, उच्च अदालतले उक्त फैसला उल्ट्याउँदै बुधबार उनलाई दोषी ठहर गरेको हो।

मधेस प्रदेश कमिटी सदस्य रहेका कोइरी मुद्दा चलिरहेकै बेला २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट एमालेको तर्फबाट निर्वाचित भएका थिए। उनी गत फागुनमा भएको निर्वाचनमा पनि उम्मेदवार बनेका थिए, तर यसपटक भने पराजित भए।

मधेस आन्दोलन चर्किएको बेला २०७२ साल भदौमा महोत्तरीको जलेश्वरमा ड्युटीमा खटिएका असिई थमन विकमाथि आन्दोलनकारीले निर्घात कुटपिट गरेका थिए। जलेश्वरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समा जनकपुर लैजाँदै गर्दा बाटो ढुकेर बसेका उद्योगी तथा आन्दोलनकारीको समूहले महोत्तरीको अनैठा नजिकै एम्बुलेन्सबाट थतेर विकको कुटी-कुटी हत्या गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ