arrow

आज असार पन्ध्र

logo
आदिश्री सिटौला,
प्रकाशित २०७८ असार १५ मंगलबार
aadishree-sitoula-class-six.jpg
तस्बिर : आदिश्री सिटौला

आज असार पन्ध्र हो । 
दही चिउरा खाने दिन यो ।
आयौँ सबै धान रोप्न।
कोही सक्दैन किसानको बाटो छेक्न।
आज असार पन्ध्र हो । 
आज असार पन्ध्र हो ।।

किसानले नाच गान गर्दै लगाउँछन् बेठी।
मानो छरी मुरी फलाउँछन् खेती।
नेपालीहरूको यो महान् चाड।
मनाइन्छ तराई, हिमाल र पहाड।
आज असार पन्ध्र हो । 
आज असार पन्ध्र हो ।।

गाउँ सहरमा पुर्‍याउँछौँ अन्न।
हे किसान हो मन छ नि धन्यवाद भन्न।
रमाउँदै खेतीमा बगाउँछौ पसिना।
पानी झरी भन्दैनौ असिना।
आज असार पन्ध्र हो । 
आज असार पन्ध्र हो ।।

आदिश्री सिटौला, एलिट ग्रान्ड स्कूलमा कक्षा ६ मा अध्ययनरत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ