arrow

एक रनले दक्षिण अफ्रिका विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
quinton-de-kock.jpg

काठमाडौं । वेस्ट इन्डिज विरुद्धको तेस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले निकै नै रोमाञ्चक जित निकालेको छ । मंगलबार राति सेन्ट जर्जमा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिका १ रनले विजयी भएको हो ।

१६८ रनको लक्ष्य लिएर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेटको नोक्सानीमा १६६ रनमात्र बनाउन सक्यो । इभिन लेविसले २७, निकोलस पुरण ले २६ रन जोडे । आन्द्रे रसेलले २५ रन जोडे । 

दक्षिण अफ्रिकाका एन्रिच नोर्किया र ताब्रेज शाम्सीले २–२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १६७ रन बनाएको थियो ।

ओपनर क्विन्टन डी ककले ५१ बलमा ७२ रन बनाए । त्यस्तै रस्सी भान डेर डुसेनले ३२ रन जोड्दा एडिन मार्क्रमले २३ रन बनाए । 

वेस्ट इन्डिजका ओबेड म्याककोएले ४ तथा ड्वाने ब्राभोले ३ विकेट लिए । जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको श्रृंखलामा २–१ को अग्रता बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ