arrow

डुम्रे-बेसीशहर सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
landslide-blocked-road-pahiro.jpg
तस्बिर : रासस

पोखरा । पहिरोका कारण डुम्रे-बेसीशहर सडक अवरुद्ध भएको छ । भानु नगरपालिका-१ अँधेरी खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । माथिबाट पहिरो खसिरहेकाले पहिरो पन्छाउन कठिनाई भएको तनहूँ प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाका अनुसार पहिरो पन्छाउन लामो समय लाग्ने देखिएको छ । बेसीशहर जानका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको उनले बताए । 

यता, बाढीले कल्भर्डमा क्षति पुराउँदा दमौली-कलेस्ती सडकको अवरुद्ध भएको छ । जसका कारण स्थानीयलाई आवत जावतमा समस्या भएको छ । 

व्यासनगरपालिका-१० दुम्सीचौर नजिकैको खोलामा केही दिन अघि मात्रै राखिएको कल्भर्डमा बाढीले क्षति पुर्याएको हो ।

कल्भर्ट मर्मत गरी सडक खुलाउन प्रहरी परिचालन गरिसकिएको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ