arrow

टी २० क्रिकेट बरियतामा नेपालका चार खेलाडी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
nepali-cricket2.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको टी २० क्रिकेटको  बरियतामा नेपालका चार खेलाडी समेटिएका छन्  । बरियतामा परेका  खेलाडीमा  पूर्व कप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल,  कुशल भूर्तेल र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । 

आईसीसीले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा पूर्व कप्तान  खड्का ८८औँ स्थानमा रहेका छन्  ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य भूर्तेल र कप्तान मल्लको बरियतामा सुधार आएको छ ।    भूर्तेल ६० औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए । 

पछिल्लो बरियतामा यस्तै लामिछाने ७६औँ स्थानमा रहेका छन् । नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ