- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन्।
यो सम्झौताले रिया मनी ट्रान्स्फरले विश्वभर रेमिट्यान्स्को डिजिटल भुक्तानीका लागि गरिरहेको प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्त्वलाई अझ बढी मान्यता दिएको छ। यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तीव्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरूमा रेमिट्यान्स्को क्षेत्रमा ठुलो सहयोग पुग्नेछ। रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ।
रिया मनि ट्रान्स्फरका ग्लोबल सिइओ शौन फिल्डरले भने‘हामी नेपालमा इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ। हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरू ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायती रेमिट्यान्स् सेवा मार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिविद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ।’
एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भने ‘अन्तर्देशीय रेमिट्यान्स्मा विश्वको अग्रणी कम्पनी रियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्त्वपूर्ण कोसे ढुङ्गा हो। हामी वैकल्पिक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन विश्व भरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ।’
यस सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिटेन्स सेवाका लागि उदीयमान बजारका रूपमा स्थापित गरेको छ जहाँ, डिजिटल रेमिट्यान्स्ले जटिल भूगोल र ३ करोड जनसङ्ख्यालाई परम्परागत किसिमको रेमिट्यान्स् कारोबारमा भइरहेका चुनौतीहरूको समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
युरोनेट वर्ल्ड वाइड इंकको सब्सिडायरी कम्पनी रहेको रिया रेमिटेन्स् उद्योगमा विश्वको अग्रणी कम्पनी हो। रिया आफ्ना ग्राहकहरू र उनीहरूको समुदाय प्रति आफ्नो प्रतिविद्धतामा दृढ छ र १ सय ६० देशका ४ लाख ७५ हजार बढी स्थानहरूको सञ्जाल नेटवर्क मार्फत द्रुत, सुरक्षित र किफायती रूपमा रेमिट्यान्स् सेवा पुर्याउँदै आएको छ। कम्पनीले आफ्नो विश्वव्यापी पूर्वाधारमार्फत ग्राहक र साझेदारलाई वित्तीय पहुँच पुर्याउँदै बजारमा नयाँ अवसरहरू खोजेर विश्वभर आर्थिक वृद्धि प्रवर्द्धन गर्ने काम गर्दछ।
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरूको र ६५ भन्दा बढी बैङ्क खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरूलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतिप्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसङ्ख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।