arrow

सेलकमको ‘मेरो वालेट सेलपे वालेट’ दोस्रो चरणको योजना सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
cell-pay.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकहरूको माग बमोजिम सेलपे सेवा अब वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरूका लागि दोस्रो चरणको योजना सुरु गरेको छ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरूले वालेट लोड गर्दा १० प्रतिशत क्यासब्याक अर्थात् ५० रुपैयाँसम्म र मोबाइल टपअपमा चार प्रतिशत क्यासब्याक तुरुन्तै पाउन सक्ने सेलकमले जनाएको छ।

यो योजना यही असार १७ गते बिहीबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुने जनाइएको छ। सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो।

के छन् त यसका विशेषताहरू ? 
–वास्तविक समयमा भुक्तानी 
–सरल र सुरक्षित
–बैङ्क खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने।

सेलपेले प्रेस विज्ञप्ति जारी गरी विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरू, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोन पे नेटवर्कका करिब चार लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैङ्क खाताबाट अन्य बैङ्क खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिने जनाएको छ।

त्यस्तै ग्राहकहरूले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी विभिन्न सामानहरू खरिद गर्न सक्ने पनि जनाइएको छ। यस सेवा मार्फत हुने सम्पूर्ण कारोबार बैङ्किङ प्रणाली मार्फत सम्पन्न हुने र सेलपे सेवासँग आबद्ध भएका बैङ्कहरूका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरूले सहज रूपमा यो सेवा लिन सक्ने जनाइएको छ।

ग्राहकहरूले सेलपे बाट फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने बताइएको छ। सेलपे सेवा गुगल प्ले स्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ। सेलपेले सेलपे एप डाउनलोड गरी वालेट लोडका साथै आजै आफ्नो बैङ्क खाता लिङ्क गर्न पनि आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ