arrow

माओवादीबाट आएकालाई सँगै बोलाइएपछि नेपाल पक्ष एमाले बैठकमा नजाने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ असार १७ बिहिबार
uml-oil-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेको ओली पक्षले शुक्रवार बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले समूह सहभागी नहुने निर्णय गरेको छ। एमाले केन्द्रीय कमिटीको शुक्रवारको बैठकमा सहभागी हुन पार्टीले माधव नेपाल समूहका नेताहरूलाई २०७५ जेठ २ कै हैसियतमा बोलाएको भनिए पनि माओवादीबाट एमालेका आएका नेताहरूसँगै आफूहरूलाई पनि बैठकमा बोलाएका कारण सहभागी नहुने निर्णय गरेका हुन्। नेपाल समूहले प्रक्रियागत त्रुटि रहेका कारण सो त्रुटि सच्याउन आग्रह गरेका छन्।

बिहीबार बुद्धनगरस्थित क्वालिटी बैङ्क्वेटमा बसेको माधव पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठकले यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको उपमहासचिव घनश्याम भुसालले जानकारी दिए। 

जेठ २ भने पनि पूर्व माओवादी र नेकपा एकतासँगै थपिएका सदस्यहरूको बैठक बोलाइएको र अन्य राजनीतिक विषयमा पनि सहमति नभएको भन्दै बैठकमा नजाने निर्णय नेपाल पक्षले गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ