२०१८ मा अभिनेत्री श्रीदेवीको निधन भयो । श्रीदेवीको फेब्रुअरी २४ को राति अचानक मृत्यु भयो । संयुक्त अरब इमिरेट्सको दुबई मा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएकी उनको हृदयाघातका कारण मृत्यु भएको समाचार बाहिर आएको थियो । तर अस्पतालले पोस्टमार्टम रिपोर्टले पछि उनको मृत्यु हृदयाघातले नभई बाथ टबमा डुबेर भयो भन्ने तथ्य प्रकाशित गर्यो । बाथ टबमा डुबेर उनको मृत्यु कसरी भयो त । बाथ टबबाहिर एक थोपा पनि पानी पोखिएको थिएन भन्नेजस्ता कैयौँ समाचार पनि नआएका होइनन् । जे होस उनको मृत्यु भयो ।
सन् १९६३ को अगस्ट १३ मा भारतको तमिलनाडुमा जन्मिएकी श्रीदेवी चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन् । ५४ वर्षको उमेरमा निधन भएकी उनले ५० वर्ष त फिल्म क्षेत्रमै काम गरेकी थिइन् । उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, सद्मा जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिक रुपमा सफल चलचित्र छन् । उनले यति छोटो उमेरमै डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् ।
परवीन बाँबी
यसैगरी अचानक मृत्यु भएको भारतीय चलचित्रका अर्की अभिनेत्री हुन् परवीन बाँबी । सन् १९८० को दशकमा अमर अक्बर एन्थोनी, नमक हलाल र शान जस्तो बलिउडका प्रख्यात चलचित्रमा नाम कमाउन सफल उनी सन् १९४९ मा भारतको गुजरात राज्यमा जन्मिएकी थिइन्। बाँबीको सन् २००५ को २० जुलाईका मुम्बई स्थित आफ्नै घरमा ५५ वर्षको उमेरका सुतेकै अवस्था मृत्यु भएको थियो । यो पनि अर्को एक रहस्यमय निधन नै थियो । बाँबी १९७३ देखि १९९० सम्म अभिनेत्रीको रूपमा चित्रित थिइन् । अविवाहित बाँबीले चलचित्र छायाङ्कनमा बढी जसो अभिताभ बच्चन र शशि कपूरसँग अभिनय गरेकी थिइन् ।
दिव्या भारती
यस्तै रहस्यमय मृत्युवरण गरेकी अर्की अभिनेत्री हुन् दिव्या भारती । रूपमा अब्बल मानिएका र रूपको चर्चामा शिखरमा रहेकी यी अभिनेत्रीको १९ वर्षको उमेरमा नै मृत्यु भएको थियो । सन् १९७४ फेब्रुअरी २५ मा महाराष्ट्रमा जन्मिएकी उनको सन् १९९३ अप्रिल ५ मा मृत्यु भएको थियो । हिन्दी र तलेजु चलचित्रमा सानै उमेरमा सफलता प्राप्त गरेकी दिव्याले सन् १९९० को सुरुमा नै सफलता प्राप्त गरेकी थिइन् । कम समयमा नै सफलताको चुचुरोमा पुग्न सफल दिव्याले विश्वात्मा, सोला ओर सबनम र दिवानाजस्ता चलचित्रबाट भारत मात्र नभएर बाहिरकै कैयौँ आत्मालाई दिवाना बनाउन सफल भएकी थिइन् । यी नायिकाको मुम्बई स्थित एक अपार्टमेन्टको कौसीबाट खसेर मृत्यु भएको भनिएको थियो । तर यो हत्या थियो भन्ने विवाद पनि नचलेको होइन । आजसम्म पनि उनको मृत्यु रहस्यकै गर्वमा छ भनिन्छ ।
स्मिता पाटिल
बलिउड जगतले अचानक र कम उमेरमा गुमाउन पुगेको अर्को अभिनेत्री स्मिता पाटिल पनि हुन् । एक दशकमा हिन्दी र मराथी ८० भन्दा बढी चलचित्रमा अभिनय गरेकी यी अभिनेत्रीको ३१ वर्षको उमेरमा नै मृत्यु भएको थियो । सन् १९५५ को अक्टोबर १७ मा जन्मिएकी पाटिलको १९८६ को १३ डिसेम्बरमा मृत्यु भएको थियो । उनले दुई वटा राष्ट्रिय चलचित्र पुरस्कार पाएकी थिइन् । भारत नागरिकलाई दिइने चौथो उच्चस्तरीय पुरस्कार पदमश्री पाएकी थिइन् । भारतीय चलचित्रको नै अभिनेता राज बबरसँग विवाह सम्बन्धमा बाँधिएकी स्मिताको बच्चा जन्मिदा उत्पन्न प्रसूतिजन्य जटिलताका कारण मृत्यु भएको थियो । उनले हिन्दी भाषाका प्रख्यात चलचित्र अर्थ, भूमिका, वासिस, आजकी आवाज मिर्च मसाला, नमक हलालजस्ता कैयौँ चलचित्रमा अभिनय अभिनय गरेकी थिइन् ।
मिना कुमारी
बलिउड चलचित्र जगतले सानै उमेरमा गुमाएको अर्का अभिनेत्री मिना कुमारी । सन् १९३३ को १ अगस्तमा जन्मिएकी मिनाकुमारीको ३९ वर्षको उमेरमा मृत्यु भएको थियो । बालकालकारबाट नै चलचित्र जगतमा प्रवेश गरेकी मिनाको १९७२ को ३१ अगस्तमा मृत्यु भएको थियो । उनलाई बलिउड जगतमा ‘द ट्रजिडी क्विन’ को नामबाट पनि चिनिन्थ्यो । उनले बलिउडका प्रख्यात चलचित्र सहिब बिवी ओर गुलाम, पाकिजा, मेरे अफ्ने, बैजु बावरा, दिल अप्ने और प्रित पराई जस्ता कैयौँ चलचित्रमा अभिनय गरेकी थिइन् । उनको निधन क्यान्सरको कारण भएको थियो ।
जिया खान
अभिनेत्री जिया खानले पनि कम उमेरमा नै आत्महत्या गरेकी थिइन् । यद्यपि, जिया खानको मृत्यु आजसम्म पनि रहस्यमय नै छ । जियाको शव मुम्बईको जुहू स्थित घरमा भेटिएको थियो। जिया खानको प्रेमी सुरज पंचोलीलाई अभिनेत्रीलाई आत्महत्या गर्ने उसकाएको आरोप लगाइएको थियो। जिया त्यस बेला अभिनेता सुरज पञ्चोलीसँग रिलेसनमा थिइन् । जियाको आत्महत्यामा सुरज तानिने नै भयो । यद्यपि सुरजले आफूलाई निर्देश साबित गर्न अनेक यत्न गरे । सो घटनाले पुन अभिनेता सुरजमाथि औँला उठाएको छ ।