arrow

शुक्रवार फेला नपरेका माधव नेपाल शनिवार भेटिए, घनश्यामको फोनबाट ओलीसँग गरे संवाद

संवादका दुई विषयमै कुरा मिलेन, दोस्रो तहका नेताहरु सहमति खोज्न सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
madhav-kumar-nepal-kp-sharma-oli.jpg

काठमाडौं। नेकपा एमालेको शुक्रवार वालुवाटारमा केन्द्रीय समितिको वैठक जारी रहँदा वरिष्ठ नेता माधव कुमार नेपाल सम्पर्क विहिन जस्तै थिए। सर्वोच्च अदालतमा विपक्षी दलका नेता शेर बहादुर देउवाको पक्षमा दिइएको हस्ताक्षर फिर्ता गर्न सोमबारसम्मको म्याद दिएपछि अझ रुष्ट रहेको बताइरहँदा नेपाल आफ्नै गुटका नेताहरुसँग पनि खासै सम्पर्कमा थिएनन्। 

एमालेका ओली र नेपाल दुवै गुटका दोस्रो तहका नेताहरु वार्ता र संवादमा रहि दुरी घटाउने र सहमतिको सुत्र खोज्न सक्रिय भइरहँदा नेपाल न त सार्वजनिक रुपमा देखा परे न त आफ्नै समूहका नेताहरुसँग पनि सम्पर्कमा रहे। तर उनलाई शनिवार भने उनकै गुटका नेता भीम रावलले सम्पर्कमा ल्याइ छाडे।

शनिवार आफ्ना समूहका नेताहरुसँग संवादमा जोडिएका नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत संवाद गरे। तर उनको संवादको माध्यम बने नेता घनश्याम भुसाल। हुन त ओलीसँग संवाद गर्नका लागि नेपाल आफैले आफ्नै फोनबाट पनि कुरा गर्न सक्थे । तर उनले त्यसो गरेनन् । ओली र नेपालको संवादको प्रवन्ध मिलाए भुसालले । आफ्नो फोनबाट ओलीसँग सम्पर्क गराएपछि उनले ओली र नेपालका बीचमा कुरा गराएका थिए।

दुई नेताबीच कुरा धेरै सौहार्द रुपमा हुन नसकेपनि केहि दिनदेखि जारी शीतयुद्ध जस्तै अवस्था केहि मत्थर पार्ने प्रयासमा भने दोस्रो तहका नेताहरु सफल भएका छन् । ओलीले पार्टीलाई २०७५ जेठ २को अवस्थामा पुर्‍याएको सार्वजनिक घोषणा गर्दै सबैलाई केन्द्रीय समितिको वैठकमा सहभागी हुन आह्वान गरेपनि ओलीले त्यसलाई मानेका छैनन्। शनिवार भएको संवादमा पनि नेपालले ओलीसँग आफ्नो असहमति राखेका थिए।

नेपालले २०७५ जेठ २को अवस्था नभइ २०७७ फागुन २८को स्थितिमा रहेकोले त्यसलाई सच्याएर जानुपर्ने जिकिर गरेका थिए। त्यसैगरि ओलीले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेपनि नेपालले त्यसलाई पनि अस्विकार गरेको नेपाल निकट एक नेताले जनाए। नेपालले ओलीलाई सर्वोच्चको अन्तिम फैसला नआएसम्म आफूहरुले बुझाएको हस्ताक्षर फिर्ता नहुने जानकारी गराएका थिए।

दुई नेताहरुबीचमा विवादको निरुपण हुने खासै कुरा नभएपनि संवादको अवस्थाबाट समस्या समाधानसम्म पुग्ने विश्वास वार्ता टोलीमा रहेकाहरुले गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ