arrow

हाम्रो पात्रोबाट रेडियो अब एचडीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
hamro-patro-radio-hd.jpg

काठमाडौँ। ‘हाम्रो पात्रो’मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात् उच्च गुणस्तरीय आवाजमा सुन्न सकिने भएको छ। उच्च गतिको इन्टरनेट सेवा विस्तार हुँदै गएसँगै हाम्रो पात्रोमा उपलब्ध रेडियो स्टेसनलाई थप स्पष्ट सुन्न सकिने व्यवस्था मिलाइएको हो।

यसअघि ३२ केबीपीएस तथा ६४ केबीपीएसमा उपलब्ध रेडियोहरू अब एचडी अर्थात् १२८ केबीपीएसमा समेत सुन्न सकिनेछ। हाल इमेज एफएम, उज्यालो रेडियो नेटवर्क, विजया एफएम, नेपाली रेडियो नेटवर्क, क्लासिक एफएम एचडीमा गइसकेका छन्।

बाँकी रेडियो लाईसमेत क्रमशः एचडीमा रूपान्तरण गर्ने तयारी चलिरहेको हाम्रो पात्रोकी प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन्। ‘अबको केही दिनमा ५०  वटा एफएम रेडियोलाई एचडीमा लैँजादैछौं,’ उनले भनिन्, ‘यसै गरी अबको दुई महिनाभित्र सय वटा रेडियोलाई एचडीमा उपलब्ध गराउने हाम्रो योजना छ।’

हाल हाम्रो पात्रोमा देशभरका करिब पाँच सय रेडियो सुन्न सकिने सुविधा छ। हाम्रो पात्रो एपमार्फत देश–विदेश जतासुकैबाट नेपाली रेडियो सुन्न सकिन्छ। परम्परागत प्रविधि अर्थात् एफएम रेडियो सेटमार्फत सीमित क्षेत्रमा मात्र एफएम रेडियो सुन्न सकिने सीमिततालाई हाम्रो पात्रोले तोडेको छ। जसले गर्दा रेडियो फ्रिक्वेन्सी बिना देशभरका रेडियो विश्वभर सुन्न सम्भव भएको हो।

८ वर्षअघि अर्थात् सन् २०१३ मा रेडियो प्रसारणलाई आफ्नो प्लेटफर्ममा जोडेको हाम्रो पात्रोमा हाल दैनिक चार लाख श्रोताले रेडियो सुन्ने गरेका छन्।

न्यून इन्टरनेट ब्यान्डविथ खपत गर्ने भएकाले बाइफाई तथा फिक्स लाइन इन्टरनेट नहुँदाको बखत मोबाइल डेटाबाटसमेत हाम्रो पात्रोमा रेडियो सुन्न सकिने हाम्रो पात्रोले जानकारी दिएको छ। यस किसिमको सहजताले अहिले अनलाइनमा रेडियो सुन्नेको सङ्ख्यासमेत बढ्दै गएको हाम्रो पात्रोको दाबी छ।

हाम्रो पात्रोले साउथकास्ट स्ट्रिमिङ प्रविधिमार्फत देशभरका रेडियोलाई आफ्नो एपमा स्ट्रिमिङ गर्दै आएको जनाएको छ। यसका लागि सम्बन्धित रेडियोले कम्पनीलाई स्ट्रिमिङ लिङ्क उपलब्ध गराएका छन्। त्यस बापत रेडियो स्टेसनले हाम्रो पात्रोलाई कुनै शुल्कसमेत तिर्नु पर्दैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ