arrow

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
sarlahi-barma.JPG

सर्लाही ।  जिल्लाको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको उपचारका क्रममा मृत्यु भएको छ ।  बर्माको उपचारका क्रममा शनिवार राती मेडिसेटी अस्पताल काठमाण्डौंमा मृत्यु भएको हो ।

 रामनगर गाउँपालिका-१, खैर्बा निवासी बर्मा लामो समयदेखि बिरामी परेका थिए । उनी बिरामी परेर असार १४ उपचारका लागि काठमाण्डौं गएका थिए । बर्मा प्रेसर, सुगर र किड्नीको बिरामी थिए । 

बर्माकी श्रीमती सुधा बर्मा समेत बिरामी परेर मेडिसेटी अस्पतालमै आइसियुमा उपचार भइरहेको छ । बर्मा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ