सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
918
Shares
सर्लाही । जिल्लाको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको उपचारका क्रममा मृत्यु भएको छ । बर्माको उपचारका क्रममा शनिवार राती मेडिसेटी अस्पताल काठमाण्डौंमा मृत्यु भएको हो ।
रामनगर गाउँपालिका-१, खैर्बा निवासी बर्मा लामो समयदेखि बिरामी परेका थिए । उनी बिरामी परेर असार १४ उपचारका लागि काठमाण्डौं गएका थिए । बर्मा प्रेसर, सुगर र किड्नीको बिरामी थिए ।
बर्माकी श्रीमती सुधा बर्मा समेत बिरामी परेर मेडिसेटी अस्पतालमै आइसियुमा उपचार भइरहेको छ । बर्मा २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।