- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आजको पञ्चाङ्ग
आज मिति २०७८ असार २१ गते सोमबार, इस्वीसंवत जुलाई ५ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ ।
सौरमान अनुसार आज आषाढकृष्णपक्षको एकादशी तिथि रहनेछ । आज भरणी नक्षत्र, विष्कुम्भादि योगमा धृति, करणमा बब, आनन्दादि योगमा चर रहनेछ ।
सूर्य मिथुन राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३४ घटि २७ पला अर्थात १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १३ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजेर २ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेषः स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् ।
वृषः समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला ।
मिथुनः समय शुभ छ । व्यपारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नयाँ समान किनमेल हुनेछ ।
कर्कटः समय मध्यम खालको छ । कुनै पनि ठाउँको भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ ।
सिंहः स्वास्थ्य भरपर्दो रहने छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबडी, द्खको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश र हतास नहुनुहोला ।
कन्याः समय खराब रहनेछ । मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा नजानु होला । बद्नाम अपमानको सम्भावना पनि छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ । आज दिनमा २ बजेपछिको समय मध्यम शुभ रहनेछ ।
तुलाः स्वास्थ्य राम्रो रहनेछ । आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ । जमीन किन्नु छ आज किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेट, पेशागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन् ।
वृश्चिकः स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नयाँ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधूप त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट राम्रो सहयोग हुनेछ । सबै सजिलै सम्पन्न गर्न सकिनेछ ।
धनुः अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । आज टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै सबैभन्दा राम्रो हुने देखिन्छ ।
मकरः दिन जोखिम पाराले बित्नेछन् । आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसंग वैरभाव उत्पन्न हुनेछ । धन हानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ । तर दिनमा ३ बजेपछि शुभग्रहको प्रत्यक्ष प्रभाव पर्नेछ । धन कमाउने अवसर मिल्नेछ ।
कुम्भः समय शुभ छ । दुःख कष्टहरु हराउनेछन् । स्वच्छ, निश्चल सोचाइ बढ्नेछन् । विशेषगरी आज पढाईलेखाई, कलाकृति, आकृतिका काम लगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ ।
मीनः समय खराब छ । आँफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।
साइतः आज चन्द्रमा मेष राशिमा छन् । त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ५ः११ बजेदेखि ६ः५५ बजेसम्म अमृत बेला
बिहान ६ः५५ बजेदेखि ८ः३९ बजेसम्म काल बेला
बिहान ८ः३९ बजेदेखि १०ः२३ बजेसम्म शुभ बेला
बिहान १०ः२३ बजेदेखि १२ः०७ बजेसम्म रोग बेला
बिहान १२ः०७ बजेदेखि १ः५१ बजेसम्म उद्धेग बेला
दिनमा १ः४८ बजेदेखि ३ः३२ बजेसम्म चर बेला
दिनमा ३ः३२ बजेदेखि ५ः१६ बजेसम्म लाभ बेला
दिउँसो ५ः१६ बजेदेखि ७ः०० बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)